जाजरकोट भूकम्पका कारण भासिए बस्ती, जङ्गलमै बास

Image
Nisarga Hospital

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११ का दुई बस्ती भासिएका छन्। गत कात्तिक १७ गतेको भूकम्पले २५ घरधुरी रहेको मङ्ग्रागाउँ र सात घरधुरी रहेको सिमपाखा बस्ती भासिएपछि अस्थायी आवास निर्माणको कामसमेत प्रभावित बनेको छ। अहिले मङ्ग्रागाउँ टोलवासीले पाखामै जस्तापाताले बेरेर अस्थायी आवास बनाउन थालेका छन् भने सिमपाखाका भूकम्प प्रभावित अझैसम्म घर फर्केर बस्न सकेका छैनन्। उनीहरू नजिकैको जङ्गलको बिचमा दिनरात काटिरहेका छन्।

CP Hospital Dhangadhi

सिमपाखाका बलबहादुर कामीले सात घरपरिवार अहिलेसम्म स्थानीय घोडेपाइला सामुदायिक वनमा टहरा बनाएर बसिरहेको बताए । भूकम्पमा परेर घाइतेसमेत भएका उनले सिमपाखाको भूभाग भासिएको र बस्न डर लाग्ने अवस्था भएकोले घरमा नगएको बताए । उनले अन्यत्र कतै पनि जग्गा नभएकाले सरकारले दिएको अनुदान रकमले जङ्गलकै बिचमा टहरा बनाएर बस्न बाध्य भएको उल्लेख गर्दै भने, “वन समितिले वन क्षेत्रमा बस्न नमिल्ने बताएपछि आफूहरूलाई अहिले बासको पिरलो छ।”

सोही टोलका हरिबहादुर थापाले सात घरका २५ जना अहिले जङ्गलको बिचमा बसिरहेको र चिसोले ज्यान थप जोखिममा परेको बताए। त्यहाँ तीन जना सुत्केरी र नाबालकसमेत छन्। भूकम्पको रातपछि नियमित छ दिनसम्म खुला आकाशमै बस्नु परेको र वनको बिचमा सामुदायिक स्वास्थ्य भवन बनाउनलाई खनिएको जग्गामा आएर बसेको उनले सुनाए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

मङ्ग्रागाउँ टोलका करिब २५ घरपरिवार अहिले भासिएकै भिरालो पाखोमा बस्न बाध्य छन्। वडा नं। ११ का वडा सदस्यसमेत रहनुभएका स्थानीय जगवीर बटालाले जसोतसो टिनका टहरा बनाए पनि घर बनाउन लायक जमिन नभएको बताए । उनका अनुसार दुवै टोलको माथिल्लो भागबाट खनिएको सिमपाखा–गोइरी–रातामाटा सडक, टोलको छेउबाटै बनाइएको गिजागार–चौर सिँचाइ नहर र गाउँदेखि तल्लो भागमा रहेको राडी हुँदै रिम्ना जाने सडकका कारण बस्ती नै जोखिममा रहेका थिए। अहिले भूकम्पपछि उक्त क्षेत्रको जमिन कम्मरभन्दा बढी भासिएकाले थप जोखिम बढेको उनको भनाइ छ। वडा कार्यालयको तथ्याङ्क अनुसार भूकम्पमा परेर वडाका छ जनाको मृत्यु भएको थियो भने घरबास क्षति पुगेका एक हजार ५१४ परिवार हालसम्म लाभग्राही कायम भएका छन्। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Dhnagadhi & Krishanapur