संविधानपद्दत अधिकार प्रदेश सरकारलाई नदिदा जनताको हितमा काम गर्न नसकेको हो : मुख्यमन्त्री शाह

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशवासीको आधारभूत अधिकार कार्यान्वयन गराउन समस्या र चुनौती रहेको बताएका छन् ।

CP Hospital Dhangadhi

धनगढीमा ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले भौगोलिक भुवनोट, गरिबी, शिक्षा तथा स्वास्थ्यको पहुँच लगायतकाकारण आधारभूत अधिकार कार्यान्वयनमा समस्या र चुनौती रहेको बताएका हुन् ।

‘सुदूरपश्चिम प्रदेशमा गरिबी, अशिक्षा, बेरोजगारी, उद्यमशीलताको कमी, स्वास्थ्य संस्थाको अभाव, पूर्वाधार निर्माणमा कमी लगायतका थुप्रै समस्या रहेका छन’ उनले भने –‘यहाँको भुवनोट र स्रोत साधन अभावका कारण पनि प्रदेशको विकासमा केही जटिलता र कठिनाइ भइरहेका छन् ।’

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

उनले संघीय सरकारले संविधानपद्दत अधिकारहरू प्रदेश सरकारलाई दिन नसक्नु, ऐन निर्माणमा ढिलाइ हुनु लगायतका कारणले पनि प्रदेश सरकारले जनताको हितमा काम गर्न नसकेको बताए । उनले तीन तहको समन्वयात्मक सिद्धान्तलाई प्रदेश सरकार व्यवहारिक रूप दिन तयार रहेको बताए । उनले भने –‘संविधानतः संघ, प्रदेश र स्थानीय तहबिच सहकार्य, सहअस्तित्व र सम्बन्धका आधारमा विकसित हुने कुरामा प्रमुख प्राथमिकतामा राखेको छ ।’

उनले सार्वजनिक सेवा प्रवाह र विकास गतिविधि गर्दा जनतालाई अनुभूति हुने गरी प्रदेश सरकार सधैँ तयार रहेको बताए । उनले सङ्घीयतामा जनताका आँकाक्षा बढ्नु स्वाभाविक रहेको बताए । उनले राजश्व संकलन र बाँडफाँटमा अझै जटिलता रहेको बताए । मुख्यमन्त्री शाहले प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्दै ‘यसलाई अझ सबल, सक्षम र सुदृढ गर्दै अघि बढ्दै जानुपर्छ ।’ उनले समातामुलक समाज र सुशासन कायम गर्न दिवसले प्रेरणा दिइरहेको बताए । उनले भने–‘राज्य शक्तिको स्रोत जनतामा निहित रहेकाले जनताकै हितमा परिचालन हुनुपर्छ ।’

मुख्यमन्त्री शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहेका थिए । प्रदेशका प्रमुख सचिव हरि लम्सालले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले गरेका थिए । दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न झाँकी, डेउडा लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

दिवसको अवसरमा प्रदेश प्रमुख जोशीले झन्डोत्तोलन गर्नुका साथै सहिदका तस्बिर माथि माल्यार्पण गरेका थिए ।

Dhnagadhi & Krishanapur