सबैलाई समेटेर कांग्रेसको नेतृत्वमा अहिलेको संविधान जारी भएको हो : सुदूरपश्चिम सभापति बलायर

Image
Nisarga Hospital

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका सभापति वीरबहादुर बलायरले सबैलाई समेटेर कांग्रेसको नेतृत्वमा अहिलेको संविधान जारी भएको बताएका छन्। उनले सबै पक्षलाई मिलाएर लैजानुपर्ने बाध्यताका कारण संविधानभित्र कांग्रेसको हुबहु चाहना अटाउन नसकेको कुरा सबैले बुझ्न आवश्यक रहेको बताए ।ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकको अन्तिम दिन सुदूरपश्चिम र कोशीको संयुक्त छलफलपछि रिपोर्ट पेस गर्दै उनले यस्तो बताएका हुन् ।

CP Hospital Dhangadhi

१० वर्षे सशस्त्र द्वन्द्वको अवस्था बुझेर नै बृहत् शान्ति सम्झौता गरिएको उनले उल्लेख गरे । “हिजो गिरिजाप्रसाद कोइरालाले माओवादीलाई जंगलबाट ल्याएर निकास नदिएको भए मुलुकको हालत के हुने थियो रु,” उनले भने, “देशको वस्तुस्थिति बुझेर बृहत् शान्ति सम्झौताको माध्यमबाट हुने क्षति न्यूनीकरण भयो ।

जंगलमा रहेको माओवादीलाई संसद्भित्र हामीले लगेको हो ।” उनले महासमिति बैठकमा प्रतिनिधिले राखेका अभिव्यत्ति र सुझाव दस्ताबेजका रूपमा पार्टी कार्यालयमा रहने पनि बताए । अहिले देशको राजनीति अप्ठ्यारो अवस्थामा रहेको र विपक्षीबाट घेराबन्दी भइरहेको बलायरको भनाइ छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur