भारतको दुधवा नेशनल पार्कमा गाडीको ठक्करबाट एकजना नेपालीको मृत्यु

Image
Nisarga Hospital

अत्तरिया : गौरीफन्टा र पलियाको बीचमा पर्ने भारतको दुधवा नेशनल पार्कमा मोटरसाईकल दुर्घटनामा परेर एकजना नेपालीको ज्यान गएको छ भने एक जना घाईते भएका छन ।

CP Hospital Dhangadhi

त्रिनगर प्रहरी चौकीका बरिष्ठ प्रहरी नायव निरीक्षक भरत नाथ योगीले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का ३३ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको हो भने २२ वर्षका अनिलकुमार चौधरी घाईते भएका छन ।

मृतको शव पलियामा राखिएको छ भने घाईते अनिललाई उपचारका लागि पलियास्थित अस्पताल लगिएको प्रहरीले जनाएको छ । धनगढीबाट पलिया जादै गरेको से ३ प २८१९ नम्बरको मोटरसाईकलाई गौरीफन्टा कोतवाली भन्दा झण्डै १५ किलोमिटर बीच जंगलमा अज्ञात गाडीले ठक्कर दिदा दुर्घटना भएको हो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

घाईते अनील कुमार चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । भारतीय प्रहरीले दुर्घटनाको समय हेरेर ठक्कर दिने गाडी खोजी गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।

Dhnagadhi & Krishanapur