योजना बैङ्कको उद्घाटन

Image
Nisarga Hospital

धनगढी ः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्षका लागि योजना छनोट गर्दा प्रतिफल प्राप्त हुने योजनालाई प्राथमिकता दिनुपर्ने बताए । आजदेखि धनगढीमा सुरु भएको योजना बैङ्क तर्जुमा दिग्दर्शन, २०८० को अभिमुखीकरण तथा प्रयोगशाला सम्बन्धी कार्यशालाको उद्घाटन गर्दै उनले यस्तो बताए ।

CP Hospital Dhangadhi

मन्त्री शाहीले गरिबी, न्यूनीकरण, रोजगारी सृजना हुनेसहित प्रतिफल प्राप्त हुने योजनालाई छनोट गर्नुपर्ने उल्लेख गरे । प्रदेश सरकारको लक्ष्य सामाजिक परिवर्तन रहेको उल्लेख गर्दै उनले आयोजना बैङ्कले धेरै हदसम्म आयोजनालाई व्यवस्थित गरी लक्ष्य प्राप्तिमा सहयोग गर्ने बताए । यसै गरी, योजना बैङ्कको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष लाग्न आवश्यक रहेको मन्त्री शाहीको भनाइ थियो।

रोजगारीका लागि भारत जानुपर्ने बाध्यतालाई रोक्नका लागि गहन छलफल हुनुपर्ने भन्दै मन्त्रीले अगाडि थपे,“त्यस सम्बन्धमा योजना बनाएर अगाडि बढ्नुपर्दछ।” यस्तै कार्यक्रममा बोल्दै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष अनुपकुमार उपाध्यायले सीमित स्रोत साधन भएपनि आयोजना बैँकको सुरुवात गरिएको बताए । प्रदेश सरकारले सञ्चालन गरेका योजनाहरू सम्पन्न भएपछि अभिलेख राख्ने उद्देश्यका साथ आयोजना बैँकको सुरुवात गरिएको उनले बताए । सरकारले राखेका उद्देश्यहरूलाई परिपूर्ति गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।    

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur