चर्चित गजल गायक पंकज उदास ७२ वर्षको उमेरमा निधन

Image
Nisarga Hospital

भारतका चर्चित गजल गायक पंकज उदासको ७२ वर्षको उमेरमा सोमबार निधन भएको छ। उनकी छोरी नायबले सामाजिक सञ्जाल मार्फत यसको जानकारी दिएकी हुन्। भारतीय मिडियाका अनुसार उदासको मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे निधन भएको हो। उनी विगत केही दिनदेखि बिरामी थिए।

CP Hospital Dhangadhi

उधासले गायक धेरै गजलहरु चर्चित छन्। यीमध्येको एक ‘चिठी आयी है’ बाट उनले निकै चर्चा पाएका थिए। उनी सन् २००६ मा पद्मश्री पुरस्कारबाट सम्मानित भएका थिए।उनको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो। उनी आफ्ना तीन दाजुभाइहरूमध्ये कान्छा थिए। उनी बलिउडमा फिल्म र पप गितबाट गायनमा प्रवेश गरेका थिए।

सन् १९८० मा उनको पहिलो गजल एल्बम आहत आएपछि उनी चर्चामा आउन थाले। उनले आफ्नो जिवन कालमा ६० भन्दा बढि एकल एल्बम सार्वजनिक गरेका छन्। उनका बुबा केशुभाई उधास सरकारी कर्मचारी थिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur