
टी- २० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा टस जितेर नामिबियाले नेपालविरुद्ध आज पहिले ब्याटिङ गर्ने भएको छ। खेल नेपाली समयअनुसार बिहान ११ः३० बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी-२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन्।
त्रिकोणात्मक टी–२० शृङ्खलाको पहिलो चरणमा तीनवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । पहिलो खेल मंगलबार नेपाल र नामिबियाबिच खेलिने छ । खेल विहान ११ः३० बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।




अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ५ तारिखमा खेलिने क्यानले जनाएको छ । आगामी आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।
नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नामिबिया भने विश्वकपको समूह ‘बी’ मा रहेको छ । त्यो समूहमा इङ्ल्यान्ड, अस्ट्रेलिया, स्कटल्यान्ड र ओमान रहेका छन् ।


































