दुई दिनदेखि हराइरहेका युवक मृत अवस्थामा, अनुसन्धानका लागि २ जना नियन्त्रणमा

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

कञ्चनपुर : कञ्चनपुरमा दुई दिनदेखि हराइरहेका युवक मृत अवस्थामा भेटिएका छन् । आइतबारदेखि हराएका भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट मंगलबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले महाकाली सिचाइँको मूल नहरमा तैरिहेको अवस्थामा बिष्टको शव भेटिए परेको बताए । उनकाअनुसार आइतबार घरबाट निस्किएका बिष्ट सम्पर्कविहीन थिए । मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ ।

घटनाको अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको छ । डीएसपी डाँगीले उनीसँगै रहेका दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए । उनीहरुसँग सोधपुछ भइरहे पनि बाँकी कुरा खुलेको छैन । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur