त्रिवेणी नगरपालिकाकी एक महिलाले बुढीगंगा नदीमा मृत्यु भेटिईन

Image
Nisarga Hospital

जिल्लाकाे त्रिवेणी नगरपालिकाकी एक महिलाले बुढीगंगा नदीमा हाम फालेर शनिबार विहान मृत्यु भएकाे छ ।

CP Hospital Dhangadhi

मृत्यु हुनेमा साेही नगरपालिका-२ सिम्लाकी अन्दाजी ३९ वर्षीया जानकी न्याैपाने रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिं भणडारीले जानकारी दिएका छन् ।

उनले दिएकाे जानकारी अनुसार शनिबार विहान करिव ७:०० बजेतिर बुढीगंगा नदीकाे पुलबाट हाम फालेर मृत्यु भएकाे बताए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सिम्लाबाट करिव ४ घण्टाकाे पैदल यात्रा हिडेर बुढीगंगा नदीमा हाम फालेकाे प्रहरीले जनाएकाे छ । घटनाकाे थप अनुसन्धान भईरहेकाे छ । मृतक महिलाकाे शव पाेष्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याएर राखिएकाे प्रहरी निरिक्षक भण्डारीकाे भनाई रहेकाे छ ।

मृतक महिला पार्वती माध्यमिक विद्यालयकी कर्मचारी समेत रहेकी थिईन् ।

Dhnagadhi & Krishanapur