क्याप्टेन उप्रेतीको भूस्वर्गको परिकल्पना सुदूरपश्चिम सार्वजनिक

Image
Nisarga Hospital

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक, साँस्कृतिक, पर्यटकीय हिसाबले सुदूरपश्चिम सम्भाव नै सम्भावना बोकेको क्षेत्र भएकोे बताए। शनिबार क्याप्टेन बेद उप्रेतीद्वारा लिखित दुर्गम विस्मयलोक र भूस्वर्गको परिकल्पना सुदूपश्चिम नेपालको लोकापर्ण गर्दै नेपाली काँग्रेसका सभापति देउवाले सो कुरा बताएका छन् ।

CP Hospital Dhangadhi

उनले सुदूरपश्चिममा पर्यटकीय विकासका लागि धेरै काम हुन नसकेको बताउँदै आगामी दिनमा पर्यटकीय क्षेत्रको थप अध्ययन र पहिचान गरी सुदूरपश्चिममा पर्यटनको विकास गर्नुपर्ने बताए । उनले उप्रेतीद्वारा लिखित पुस्तकले सुदूरपश्चिमलाई नेपाल र नेपाल बाहिर चिनाउन सहयोग गर्ने बताए। कार्यक्रममा काँग्रेस नेता रमेश लेखकले पुस्तकले सुदूरपश्चिमभित्र लुकेर बसेका सम्पदालाई बाहिर ल्याउने काम गरेको बताए ।

पूर्व परराष्ट्रमन्त्री एनपी साउदले धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदा र इतिहासलाई लेखकले समेट्नुभएको बताए। पुस्तकमा सुदूरपश्चिमका सम्भावित क्षेत्रका तस्बिर र व्याख्या समेटिएको छ। कार्यक्रममा पत्रकार कुन्द दीक्षितले पुस्तकमाथि समीक्षात्मक मन्तव्य राखे। पुस्तकले सुन्दर सूदुरपश्चिमको सुन्दर परिकल्पना गरेको उनले बताए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सुदूरपश्चिमको वास्तविक परिदृश्यलाई काल्पनिक विस्मयलोक र भूस्वर्गका रुपमा परिकल्पना गरिएका दृश्य समावेश गरेर तयार पारिएको पुस्तकमा १२० पाना र ९४ रंगिन तस्बिर छन्। पुस्तक नेपाली र अंग्रेजी दुबै भाषामा वर्णन गरिएको छ। पुस्तक बिक्रीबाट प्राप्त रकम बेद उप्रेती ट्रष्टका माध्यमबाट सुदूरपश्चिमका क्यान्सर बिरामीलाई सहयोग गरिने लेखक उप्रेतीले जानकारी गराए ।

Dhnagadhi & Krishanapur