धनगढीबाट ब्याङ्लोर गएका ७२ जना बिचबाटोमै अलपत्र

Image
Nisarga Hospital

धनगढी: कैलालीको धनगढीबाट भारतको ब्याङ्लोर गएका ७२ जना यात्रु बिच बाटोमै अलपत्र परेका छन्। उनीहरू बिहिवार धनगढीबाट भारतको ब्याङ्लोरका लागि गएका थिए।

CP Hospital Dhangadhi

तर, बाटोमा बस बिग्रिएकाले उनीहरू तीन दिनदेखि अलपत्र परेका हुन्। धनगढीको जयराम होटेलबाट रणाशैनी टुर्स एण्ड ट्राभलको टिकट खरिद गरेका उनीहरू बिच बाटोमा अलपत्र परेका छन्। उक्त ट्राभल कम्पनीका प्रतिनिधिले भने श्री केदार मार्फत यात्रुहरूलाई भारत पठाएको बताएका छन्।

केए ५१ ए ७५७६ नम्बरको जयलक्ष्मीको बसमा प्राविधिक समस्या आएको भन्दै यात्रुहरू अलपत्र पारिएको हो। बस मर्मतको काम जारी हरेको कम्पनीका प्रतिनिधिले बताएका छन्। बसमा प्राविधिक समस्या आएकाले यात्रुहरूलाई समस्या भएको टर्भल्स कम्पनीले बताएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur