
बाजुरा : बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

सोमबार बेलुका ४ बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।







































