नागरिक उन्मुक्तिले प्रचण्डलाई विश्वासको मत दिने

Image
Nisarga Hospital

अत्तरिया : रेशम चौधरी संरक्षक रहेको दल नागरिक उन्मुक्ति (नाउपा) ले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।

CP Hospital Dhangadhi

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं संसदीय दलकी नेतृ रञ्जिता श्रेष्ठले मंगलबार एक सूचना जारी गर्दै प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएकी हुन्। प्रचण्डले बुधबार संसदमा विश्वासको मत लिँदैछन्।

श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको छ,‘मिति २०८० फागुन ३० गते बिहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ।’ प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur