अत्तरिया चौराहामा वृक्षारोपण गरिदै

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको अत्तरिया चौराहामा रहेका त्रिकोणहरुमा आज देखि वृक्षारोपण गरिदै छ ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिकाले चौराहाको चारैतिर रहेका त्रिकोणहरुमा वृक्षारोपणको काम सुरु भएको हो । अत्तरिया चौराहालाई सुन्दर र हराभरा बनाउन चारैदिशामा रहेका त्रिकोणहरुमा वृक्षारोपण गर्न लागिएको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।

वृक्षारोपणले सुन्दरता बढाउनुका साथै बजारक्षेत्रमा फैलिने प्रदुषणलाई कम गर्न पनि केही हदसम्म सहयोग पुर्याउने विश्वास लिईएको छ । बृक्षारोपणका लागि चारै तिर १०-१२ वटा धुपीको बोट सँगै सुन्दर गुलाफको फुल समेत रोपिदै छ ।

केही दिनमा नै यस अत्तरिया चौराहामा बिद्युतिय लाईट जडान गरिने र रात्रिकालिन समयमा अझै सुन्दरता देखाउनमा मद्दत हुनेमा निर्माण संयोजक रमेश भट्टराईले बताए ।