
अत्तरिया: कैलालीको गोदावरी नगरपािलकाका विद्यालयमा आधारभुत तह कक्षा ८ को अन्तिम परिक्षा आज शुक्रबार देखी सुरु भएको छ ।


परीक्षा हुँदै गर्दा के कस्तो अवस्थामा परीक्षा सञ्चालन हुँदै गरेको छ, कुन केन्द्रमा के कस्ता समस्या र चुनौती देखा परेका छन्, सम्पूर्ण गतिविधिको वस्तुस्थिति बुझ्नका लागि अनुगमन गरेको गोदावरी नगर प्रमुख विरेन्द्र भट्टले जानकारी दिनु भयो ।

बिहान ८ बजेदेखी १०:३० बजेसम्म परिक्षा सञ्चालन हुने नगरपालिकाको शिक्षा शाखा ले जनाएको छ । परिक्षाकोलागि नगरपालिकाभित्र १२ ओटा केन्द्र र एउटा उप केन्द्र तोकिएको शिक्षा शाखाले जनाएको छ ।

परिक्षामा दुई हजार दुई सय २६ जना विद्यार्थी सहभागी रहेका छन्। आधारभुत तह कक्षा ८ को अन्तिम परिक्षा चैत्र ९ गतेसम्म चल्नेछ ।





























