बाजुराबाट गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

Image
Nisarga Hospital

बाजुरा : बाजुरा अस्पताल बाजुराबाट शुक्रबार एक गर्भवती महिलाको एन ए ०६६ नम्बरको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । अस्पतालमा सुत्केरी हुन गएकी महिलाको अवस्था जटिल भएपछि प्रादेशिक अस्पताल रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए।

CP Hospital Dhangadhi

उनले दिएको जानकारी अनुसार गर्भवती महिलाको मुटुमा समस्या भएको र जिल्लामा अप्रेशन गरेर सुत्केरी गराउदा समस्या हुने भएकाले रिफर गरिएको बताए । हेलिकप्टर मार्फत बडीमालिका नगरपालिका–९ की २१ वर्षीया सम्झना सुनारलाई हेलिकप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् ।

जिल्ला अस्पताल बाजुराबाट गर्भवती महिलाको अवस्था जटिल भएको पत्र आएपछि महिला तथा बालबालिका मन्त्रालयमा पहल गरेर राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । बिहीबार जिल्ला अस्पताल बाजुरामा अप्रेशन गरेर बच्चा जम्नाएकी हिमाली गाउँपालिका–१ की २२ वर्षीया सुस्मिता खड्कालाइइ पनि नेपाली सेनाको एनए ०६६ नम्बरको हेलिप्टरमा उद्धार गरेर पठाइएको थियो ।

जिल्लामा हरेक महिनामा गर्भवती तथ सुत्केरी महिलाको जिल्लामा उपचार सम्भव नभएर जिल्ला बाहिर सेनाको हेलिकप्टर मार्फत उद्धार हुँदै आएको छ ।