जय नेपाल कपको उपाधी अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसलाई

Image
Nisarga Hospital

अत्तरियाः धनगढीमा सम्पन्न जय नेपाल कप २०८० को क्याम्पस स्तरीय प्रदेश क्रिकेट प्रतियोगिताको उपाधी कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाले जितेको छ । शुक्रबार सम्पन्न फाइनमा ऐश्वर्य बहुमुखी क्याम्पसलाई ५ विकेटले पराजित गर्दै दुर्गालक्ष्मीले उपधी जितेको हो ।

CP Hospital Dhangadhi

विजयी दुर्गालक्ष्मीले ३ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेतामा चित्त बुझाएको ऐश्वर्यले १ लाख रुपैयाँ हात पारेको छ । प्रतियोगितामा स्नातक र स्नातकोत्तर तहका सुदूरपश्चिमका ८ वटा क्याम्पसका टिमले भाग लिएका थिए ।

Dhnagadhi & Krishanapur