
लायन्स क्लब अफ धनगढी भिजनको आयोजना तथा रक्तसंचार केन्द्र धनगढीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा लायन्स क्लब अफ धनगढी भिजनका पदाधिकारीहरु, बस व्यवसायी समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

धनगढी उपमहानगरपालिका वडा ४ स्थित गौरीशंकर विजनेश प्रालिको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्र्यक्रममा ३९ पिन्ट रगत संकलन गरिएको क्लबका सचिव जयन्द्र स्वाँरले जानकारी दिए ।




























