
दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीलाई आफैले निवासमा आगजनीकाे घटना गरेकाे अभियाेगमा प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले फागुन २४ गते राती आफुमाथी आक्रमणको प्रयास भएको भन्दै र आफ्नो निवासमा आगो लगाएर नजिकै रहेको इलाका प्रहरी कार्यालय लटिनाथमा पुगेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत माथी नै आक्रमणको प्रयास भएको भन्दै उक्त घट्नाको चौतर्फी बिरोध समैत भएको थियो ।
घट्ना लगत्तै २५ गते जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान टाेली घटनास्थलमा पुगेर लगातार ४ दिनसम्म अनुसन्धान गरि फर्किएको थियो ।




घट्ना शङ्कास्पद देखिए पछि चैत्र २ गते पुनः प्रजिअ र डिएसपी सहितकाे टाेली आफै घटनास्थलमा पुगेर गाउपालिका जनप्रतिनिधि र कर्मचारीसंग घटनाबारे छलफल गर्दा प्रमुख प्रशासकीय अधिकृत अधिकारी आफैले आफु बस्दै आएको निवासमा तोडफोड गरेको र आगजनी गरि आक्रमणको प्रयास भएको भन्दै प्रचार प्रसार गरेको पाईएपछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई चैत्र ४ गते प्रहरीले पक्राउ गरि चैत्र ५ गते जिल्ला अदालतबाट दार्चुलाबाट ७ दिनकाे म्याद थप गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
गाउँपालिका बाट स्थानीय दर्ता नभई संचालन गरिएका क्रसर उद्योग र अवैध मदिरा विक्रिवितरण बन्द गर्नेबारे फागुन २४ गते प्रमुख प्रशासकीय अधिकृतले पत्राचार आधारमा उनि माथी आक्रमणको प्रयास गरिएको भन्दै गलत प्रचार गरिएको थियो । तर प्रमुख प्रशासकीय अधिकृत अधिकारी आफैले घट्ना गराएको भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।



































