आफ्नो जीवन बदल्न चाहानुहुन्छ भने मन छुने शब्द पंङ्ती अवश्य समय निकालेर पढ्नुहोस

Image
Nisarga Hospital

१. यदी तपाई कसैलाई खुसी राख्न सक्नु हुन्न भने यस्तो पनि नबन्नु होस् कि तपाईको कारणले अरु कसैको दिलमा चोट पुगोस्।

CP Hospital Dhangadhi

२. सक्छौ भने माया गर ,सक्दैनौं प्रेम नगर् , तर बाध्यताको नाममा धोका नदेउ किनकी उसको पनि कमल हृदय छ!

३. एउटा गल्तिले सम्बन्ध टुट्ने कारण बन्छ, तर एउटै राम्रो कामले सम्बन्ध जोड्ने बाटो कहिल्यै बन्दैन!

nawajiwan

४. सायद जिन्दगी पनि एउटा सुन्दर फुल जस्तै हो र त मन पराउने धेरै हुन्छन् अनि स्याहार गर्ने कम।

५. घाउहरू त गहना हुन् जिन्दगीका। जहाँनेर दुख्छ , त्यहीँ त महसुस हुन्छ जिन्दगी । अन्यथा हामी त छाँया हौं, जसको कुनै अनुहार हुँदैन।

६. बुढेसकालमा तपाईंलाई खान पिन तपाईंको सन्तानले होईन, बरु तपाइले कुन संस्कार दिनु भएको छ, त्यसले दिन्छ!

७. इज्जत कुनै ब्याक्तीको होईन उसको आवस्यकताको हुन्छ ,आवस्यकता सकियो त इज्जत पनि सकियो।

८. बास्तबमा मान्छेले गल्ती गरेर दुनियाँ बाट बच्नु चाहन्छ तर बिचारा उसलाई यो नै थाहा छैन ,कि सजाय दुनियाँले होईन समयले दिन्छ!

९. कुनै पनि मान्छेलाई आवश्यक भन्दा बढी महत्त्व नदेउ, आवस्यकता भन्दा बढी महत्त्व दिएको सम्बन्ध एक दिन अवश्य टुट्ने छ!

Attariya Hospital

१०. सबै भन्दा ठुलो नाटककार त आमा बाबा नै हो, जसले हरेक दुखलाई भुलेर सन्तानको सामु आउँदा मुस्कुराउदै बस्नु हुन्छ!

११. साँचो प्रेम हुन्छ भनेर म त्यो दिन मान्ने छु जुन दिन बाघले मृगको शिकार गर्न छोडेर मृगसँग प्रेम हुन्छ!

१२. साच्चिकै आजभोलि मित्रता एक हजारको नोट जस्तै भएको छ, बिचार गर्नु होस् है कतै नक्कली त छैन!

१३. मायाको दुनियाँमा कायल छन् सबै जना कसैले भन्छन् त कसैले लुकाउछन् तर घायल छन् सबै जना!

१४. हरेक मान्छे बिक्छ यहाँ, कति सस्तो कति महंगो यो उसको बाध्यताले तय गर्छ!

१५. संसार दुखले भरिएको छ, यी दुखको मुख्यकारण हाम्रा इच्छाहरु हुन,हामीले हाम्रा इच्छाहरुलाई नियन्त्रण गर्न सकेमा दुखलाई नाश गर्न सकिन्छ!

१६. जिन्दगीमा यस्तो मान्छे माथी कहिल्यै अन्याय नगर्नुहोस्, जोसंग गुहार्नुको लागि भगवान बाहेक अरु कोही छैन।

१७. जिबनमा साथि उसलाई बनाउने गर्नुस् जसले तपाईँको दुखहरुलाई अलि कति भए पनि बुझी दिनु सकोस्!

बिभिन्न अनलाईनहरुबाट साभार

Advertize US