
धनगढीमा जारी दाेस्राे संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टि-२० क्रिकेट प्रतियाेगिता अन्तरगत आज भएका खेलमा टिकापुर नगरपालिका र शिखर नगरपालिका विजयी भएका छन्।

टिकापुरले भिमदत्त नगरपालिकालाई र शिखरले शुक्लाफाँटा नगरपालिकालाई हरायो।
भिमदत्तले दिएकाे १०५ रनकाे लक्ष्य टिकापुरले १६.४ ओभरमा ७ विकेट गुमाएर भेट्टायाे। जसमा केशव विष्टले ४२ र सन्दीप साउदले ३८ रन हिर्काए। भिमदत्तका प्रकाश विष्ट र नहल दासले २/२ विकेट झारे।
यसअघि कैलालीको फाप्ला क्रिकेट मैदान पहिला ब्याटिङ गरेकाे भिमदत्त १०४ रनमा अलआउट भयाे। सन्दीप साउद म्यान अफ द म्याच भएका स्काेरर नुरेन अन्सारीले जानकारी दिनुभयो ।
यस्तै आजै भएकाे अर्काे खेलमा शुक्लाफाँटालाई शिखर नगरपालिकाले ४२ रनले हरायाे। शिखरले दिएको १४३रनका लक्ष्य पछ्याएकाे शुक्लाफाँटा १३.१ ओभरमा १०० रनमा राेकियाे। विशाल ऐरले २६ रन बनाएपनि टाेलीलाई जिताउन सकेनन् । शिखरका लक्ष्मण पार्कीले ३ विकेट लिन भए।




त्यसअघि पहिला ब्याटिङ गरेकाे शिखरले २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रन बनायाे। जसमा सुशील खड्काले ४५ रनकाे याेगदान गरे।
कैलाली जिल्ला क्रिकेट संघको आयाेजनामा चैत ५ गतेदेखि शुरू भएकाे प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाहरूकाे सहभागीता रहेकाे छ।
प्रतियोगिता चैत १७ गते सम्पन्न हुने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयाे।
उपाधि विजेताले २ लाख र उपविजेताले १ लाख पुरूस्कार पाउने जनाइएकाे छ। याे प्रतियोगिताले क्रिकेटकाे विकास र खेलाडी उत्पादनमा सहयाेग पुग्ने आयाेजक कैलाली जिल्ला क्रिकेट संघकाे विश्वास छ।


































