
धनगढी: धनगढीको एलएनचोकमा टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युट प्रा.लि.को शाखा कार्यालय सञ्चालनमा आएको छ । जापान जान चाहने विद्यार्थीहरू र कामदारहरूको लागि सजिलै जान चाहानेहरुका लागी टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युट प्रा.लि. सञ्चालनमा आएको हो । बुधवार एक कार्यक्रमका बिच टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युट प्रा.लि.को शाखा सञ्चालनमा आएको छ । टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युटका संस्थापक कार्यकारी निर्देशक प्रकाशमान महराले रिबन काटेर शाखाको उद्घाटन गरेका हुन ।

टोकियो इन्टरनेशनल एजुकेशनले हालसम्म १० हजार भन्दा बढी विद्यार्थीहरूलाइ भाषा सिकाएर भिषा लगाउन सफल भएको टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युटका संस्थापक कार्यकारी निर्देशक महराले जानकारी दिए । जापानमा भिषा लगाउने मात्रै नभई गएका विद्यार्थीहरू लाई काम खोजेर काममा समेत लगाइदिने गरेको उनले बताए । एन ४एन ५ को जापानिज भाषा दक्ष तथा अनुभवी शिक्षकद्वारा पठनपाठन गराइने उनले बताए ।
यस संस्थाको जापानमा आफ्नै सम्पर्क कार्यालय तथा होस्टेलसमेत ब्यवस्था रहेको महराले वताए । संस्थाले निःशुल्क परामर्श सेवा समेत दिने भएको छ । प्लस टु र बिबिएस पास भएर पढाई ग्याप भएका विद्यार्थीहरूको पनि भिषा लगाउन सफल भएको उनले वताए ।





























