बैतडीको दाेगडाकेदारकाे श्रीकाेटमा खुल्याे आँखा उपचार केन्द्र

Image
Nisarga Hospital

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकामा पहिलाेपटक आँखा उपचार केन्द्र सञ्चालनमा आएकाे छ।
दोगडाकेदार गाउँपालिका,नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल र सेभा फाउन्डेसनको सहयोगमा गाँउपालिकामै पहिलो पटक आँखा उपचार केन्द्र सञ्चालनमा आएकाे हाे।
दोगडाकेदार गाउँपालिका ३ मा रहेको श्रीकोट स्वास्थ्यचौकी सञ्चालन आएकाे आँखा उपचार केन्द्रको गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्कीले उद्घाटन गर्नुभयाे।

CP Hospital Dhangadhi

गाउँमै आँखा उपचार केन्द्र स्थापना भएपछि स्थानीय नागरिकले सहजरुपमा आँखा सम्बन्धी विभिन्न रोगको उपचारका लागि सहज हुने दाेगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो ।आखाँका बिरामी बढिरहेकोले गाउँमै उपचार गर्न सहज हाेस भनेर केन्द्र स्थापना गरिएकोले गाउँपालिकाकाे यसमा पुर्ण सहयोग हुने उपाध्यक्ष कार्कीले बताउनुभयो।

केन्द्र सञ्चालन भएसंगै आँखाको सामान्य समस्याको लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको दाेगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव जाेशीले बताउनुभयो । ग्रामिणस्तरमै स्थानीय नागरिकको आँखाकाे सहज उपचारका लागि केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

आखाँका बिरामी बढिरहेकोले गाउँमै उपचार गर्न सहज हाेस भनेर केन्द्र स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक जनकराज कलाैनीले बताउनुभयाे।

उपचार केन्द्र स्थापनापछि आँखामा सामान्य समस्या आउँदा सदरमुकाम वा कैलाली पुग्नुपर्ने बाध्यता हटेको
दाेगडाकेदार गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा श्रीकाेट स्वास्थ्यचाैकी व्यवस्थापन समितिका अध्यक्ष कमलराम भुलले बताउनुभयाे।

उपचार केन्द्रका लागि आवश्यक पर्ने उपकरण, औषधि,चश्मा, जनशक्ति र कार्यालयको व्यवस्थापन गरिएको श्रीकाेट स्वास्थ्य चाैकीका इञ्चार्ज वीरसिंह भाटले बताउनुभयाे। आँखासम्बन्धी समस्या भएकाहरूले अब सहज रूपमै सेवा पाउने उहाँले बताउनुभयाे ।

गाउँपालिकामै आँखा सम्बन्धी विभिन्न समस्याहरुको उपचार सहज रुपमा पाउने भएपछि स्थानीय नागरिक हर्षित भएका छन्। आँखामा चाेटपटक तथा सामान्य उपचार लागि बाहिर जानुपर्ने बाध्यता रहेकामा अब गाउँमै उपचार पाइने भएपछि खुसी लागेकाे दाेगडाकेदार गाउँपालिका ३ श्रीकाेटका ६१ वर्षीया माया विष्टले बताउनुभयो ।

आँखा उपचार केन्द्र उद्घाटन कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय सहकाेषाध्यक्ष विष्णुदत्त जाेशी,गेटा आँखा अस्पतालका डाक्टर सुरेशराज पन्त, राजबहादुर चाैधरी,रमेशचन्द्र भट्ट,लाेकराज जाेशी,दाेगडाकेदार गाउँपालिकाका जिन्सी शाखा प्रमुख प्रयागराज पन्त,लेखा शाखा प्रमुख पदमबहादुर कार्की,कार्यपालिका सदस्य हेमा भट्ट कपाडी,महिला स्वास्थ्यस्वयंसेविकाहरू ,स्वास्थ्यकर्मी,कर्मचारी,सञ्चारकर्मी,स्थानीयलगायतकाे उपस्थिति रहेकाे थियोे ।

Dhnagadhi & Krishanapur