
बैतडी: माध्यमिक शिक्षा परिक्षा(एसईई) मा बैतडीमा पहिलाे दिन १२६ जना परीक्षार्थी अनुपस्थित भएका छन् । ५ हजार ८७ जना परीक्षार्थीमध्ये ४ हजार ९६१ जना परीक्षार्थी उपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिनुभयाे ।

नियमिततर्फ छात्र २ हजार २सय ४ जना परीक्षार्थी रहेकोमा २३ जना अनुपस्थित छन् । छात्रा २ हजार ४सय रहेकोमा ३८ अनुपस्थित रहेका छन् । प्राविधिक धारतर्फ छात्रछात्रागरी २७३ जना रहेकोमा १ जना छात्र मात्रै अनुपस्थित रहेका हुन् ।
यसैगरी ग्रेडवृद्धितर्फ ९४ छात्रमध्ये ३४ जना अनुपस्थित रहेका छन् । छात्रातपर्फ ११६ जना मध्ये ३० जना अनुपस्थित रहेको पाइएको हो ।
बीचमै विद्यालय छोडेको र ग्रेडवृद्धि तर्फका विद्यार्थीहरु कामको सिलसिलामा बाहिर जाने गरेका कारणले पनि परीक्षामा सहभागि नभएको पाइएको हो । बैतडीका २५ वटा केन्द्रबाट एसईई परीक्षा भइरहेको छ






































