नेपाल ए ले आज आयरल्याण्ड वुल्भ्ससँग पहिलो एकदिवसीय क्रिकेट खेल्दै, यी खेलाडीलाई दिईदै छ मौका

Image
Nisarga Hospital

आयरल्याण्ड वुल्भ्ससँग आज नेपालका ‘ए’ टिमले पहिलो एकदिवसीय सिरिज खेल्दैछ। त्रिवि मैदान कीर्तिपुरमा नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको खेल आज बिहान साढे ९ बजेदेखि सुरू हुनेछ। त्रिवि मैदानमै भएको टी-२० सिरिजमा नेपाल १-२ ले पराजित भएको थियो।

CP Hospital Dhangadhi

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ घरेलु समर्थकमाझ शृंखलामा सुखद सुरुआतको लक्ष्यमा छ । शृंखलाको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ ।

नेपाल ‘ए’ सँगको खेलअघि उल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग दुई ट्वान्टी-२० क्रिकेट खेलेको थियो। दुवै खेलमा उल्भ्स पराजित भएको थियो।