आईपिएल क्रिकेटमा राजस्थान रोयल्सले आरसिबिलाई पराजित, कोहलीको शतक बटलरको शतकसामु हारको शिकार

Image
Nisarga Hospital

जस बटलरले आफ्नो सयौं आईपीएल खेलमा बनाएको शतकमा राजस्थान रोयल्सले शनिबार रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले पराजित गरेको छ । हारले बेंगलुरुका लागि विराट कोहलीको शतक ओझेलमा पर्‍यो ।बटलरले ५८ बलमा सय रन नै बनाए र राजस्थानले लगातार चौथो जित निकाल्यो । राजस्थानको चार खेलबाट आठ अंक भएको छ र लिग तालिकाको शीर्षमा छ । इंग्लिस ब्याटरले नौ चौका तथा चार छक्का प्रहार गरे र ‘प्लेयर अफ द म्याच’ भए ।

CP Hospital Dhangadhi

६ बलमा १ रन चाहिएको अवस्थामा बटलर ९४ रनमा रहेका थिए। अन्तिम ओभरको पहिलो बलमा नै छक्का प्रहार गर्दै उनले ५८ बलमा शतक पुरा गरे । उनको इनिङमा ९ चौका र ४ छक्का सम्मिलित थियो। यस्तै राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ४२ बलमा ८ चौका र २ छक्का सहित ६९ रन जोडे । शिमरन हेटमायरले ११ रन बनाए।​

आरसिबीका लागि कोहलीले अविजित ११३ रन बनाउँदा कप्तान फाफ डुप्लेसिसले ४४ रनमा आउट भए। उसका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। राजस्थानका बलर युजवेन्द्र चहलले २ विकेट लिए भने नान्द्रे बर्गरले १ विकेट हात पारे।

१८४ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि जोस बटलरले ५८ बलमा शानदार शतक प्रहार गरे। ९ चौका र ४ छक्का प्रहार गरेका बटलर नटआउट रहे। राजस्थाका लागि कप्तान सञ्जु सामसनले शानदार अर्धशतक प्रहार गरे। उनले ४२ बलमा आठ चौका र दुई छक्काको मद्दतमा ६९ रन बनाएका हुन्। शिमरोन हेटमायर नटआउट ११ रनमा समेटिए।