
अत्तरिया : उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको स्वकीय सचिवमा गोदावरी नगरपालिका अत्तरियाका आनन्द भट्ट नियुक्त भएका छन् । सोमबार भट्ट नियुक्त भएका हुन् ।


भट्ट नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य समेत रहेका छन् । पार्टी भित्र भट्टले इमान्दार कार्यकर्ताहरुका रुपमा आफ्नो पहिचान बनाएका छन् ।






























