संजिवनी अस्पतालको आयोजना २० जनाले गरे रक्तदान

Image
Nisarga Hospital

धनगढी ः संजिवनी अस्पताल धनगढीको आयोजनामा २० जनाले रक्तदान गरेका छन् । धनगढीको हसनपुर राष्ट्र बैक चोकमा रहेको अस्पतालले विश्व स्वास्थ्य दिवसको अवसर पारेर अस्पतालकै परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको सञ्जीवनी अस्पतालका अध्यक्ष दुश्यान्त बस्नेतले वताए ।

CP Hospital Dhangadhi
Attariya Hospital

अस्पतालका फिजिशियन डा.सुमन चैधरीले विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा आफू स्वास्थ्य रहन र अरुलाइ पनि स्वास्थ्य राख्न रक्तदान गरौ, जिवन बचाउ भन्ने सन्देशका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । स्वास्थ्य संस्था वा ब्लड बैङ्कमा हुने रगत अभावका कारण बिरामीलाई हुने थप समस्यालाई मध्येनजर गर्दै उक्त रक्तदान गरी पुण्य कर्मलाइ प्रोत्साहन गर्न रक्तदान कार्यक्रम गरिएको उनले उनकारी दिए । यस्ता रक्तदान कार्यक्रमले केही मात्रमा भएपनी रगतको परिपुर्ती हुने बिश्वास ब्यक्त गरेका छन् ।

nawajiwan