
इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध ७ विकेटको जित निकालेको हो। कोलकाताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नाईले १७ दशलमः ४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। चेन्नाईको जितमा कप्तान रुतुराज गाइक्वाडले अविजित रहँदै ५८ बलमा ९ चौका सहित ६७ रन बनाए। शिभम दुबेले २८ तथा ड्यारिल मिचेलले २५ रन बनाउँदा रचिन रवीन्द्रले १५ रन जोडे। यस्तै महेन्द्र सिंह धोनी ३ बलमा १ रन बनाउँदै नटआउट रहे।

सुरुमा ब्याटिङ गरेको कोलकाताका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ३४ रन बनाए । अघिल्लो खेलमा शानदार प्रदर्शन गरेका सुनिल नारायण २७ रनमा समेटिए भने अङ्कृष्ण रघुवंशीले २४ रन जोडे । रमनदीप सिंह १३, आन्द्रे रसेल १० रनमा समेटिँदा रिंकु सिंहले ९ रन मात्र जोडे ।
कोलकातालाई सस्तैमा समेट्न चेन्नईका रविन्द्र जडेजा र तुषार देशपाण्डेले ३–३ विकेट लिए । मुस्ताफिर रहमानले २ विकेट लिँदा महेश थेक्षानाले १ विकेट हात पारे । चेन्नईका लागि शिवम दुबेले २८ रन बनाउँदा डेरिल मिचेलले २५ रन जोडे । रचिन रविन्द्रले १५ रन जोड्दा महेन्द्रसिंह ध्वनीले नटआउट ३ बल खेलेर १ रनमा रोकिए ।




























