
अत्तरिया: कैलालीको अत्तरिया बसपार्कबाट पहाडी जिल्ला जाने यात्रुसंग निर्धारितभन्दा बढी भाडा लिने गरेको पाईएको छ ।अत्तरिया बसपार्कमा हिजोआज अहिले नयाँ वर्षकालागि पहाडी जिल्ला यात्रुहरुको चाप बढेको छ ।

सोहि मौका छोपी यातायात व्यवसायीहरुले निर्धारितभन्दा बढी भाडा लिईरहेका हुन् । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक अनिल उप्रेतीले अत्तरिया बसपार्कमा बढी भाडा लिइरहेको गुनासोपछि निगरानी बढाईएको बताए ।
ट्राफिक तथा सिभिल प्रहरी खटाईएको उनले बताए । निर्धारितभन्दा बढी भाडा लिएको पाईएमा ट्राफिक प्रहरीलाई खबर गर्न उनले आग्रह गरे।


























