सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजनामा कञ्चनपुरमा प्रादेशिक लोकनृत्य महोत्सव सम्पन्न

Image
Nisarga Hospital

महेन्द्रनगर: सुदूरपश्चिम प्रज्ञा- प्रतिष्ठानको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा प्रादेशिक लोकनृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा सुदूरपश्चिमका नौ बटै जिल्लाका परम्परागत लोकनृत्यहरू प्रदर्शन गरिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दे सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा.टीएन जोशीले सुदूरपश्चिम लोकसंस्कृतिको उद्गम भूमि भएको चर्चा गर्दे मौलिक लोक संस्कृति र कलाको संरक्षण र प्रबर्द्धनका लागि प्रादेशिक प्रतियोगिता आयोजना गरिएको बताए।

CP Hospital Dhangadhi

उपकुलपति डा.जोशीले संघीयताको मूल मर्म पहिचान भएको बताउदै पहिचानसंग यस प्रदेशको कला संस्कृति जोडिएको बताए। उनले प्रज्ञा प्रतिष्ठानको ऐन संशोधनका लागि प्रदेश सभामा पेस भैसकेको बताउदै संशोधन पछि प्राज्ञ परिषद र बिभाग गठन भै थप कार्यक्रम अगाडि बढ्ने बताए। महेन्द्रनगर भीमदत्त पार्कमा आयोजना भएको प्रादेशिक प्रतियोगिता समारोहमा हज्जारौको उपस्थिति थियो। प्रतियोगिताको एक भव्य समारोहकाबिच प्रदेश सभा सदस्य तथा सामाजिक विकास समितिकी सभापति माया पन्तले उद्घाटन गर्नु भएको हो।लोकनृत्य महोत्सवको उदघाटन गर्दे प्रदेश सभा सदस्य पन्तले मौलिक संस्कृति र कलाको प्रबर्द्धन गर्नु आवश्यक भएको बताइन्। । उनले प्रज्ञा प्रतिष्ठानले उत्कृष्ट कार्य गरेको बताइन्।

प्रतियोगितामा सह आयोजकको भूमिका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कञ्चनपुर शाखाले गरेको थियो। प्रतियोगितामा बैतडीको छलिया नृत्य प्रथम, कैलालीको कठरिया नृत्य दोस्रो र कञ्चनपुरको राना होरी नाच तृतीय स्थान प्राप्त गर्न सफल भएको थियो।बझाङको छलो नृत्य र डडेल्धुराको रूपाली होरीले सान्त्वना स्थान प्राप्त गरे।कार्यक्रममा बिजयी टीमलाई प्रमुख अतिथि प्रदेश सभा सदस्य माया पन्त र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले नगद पुरस्कारसहित सम्मानित गर्नु भएको थियो। समारोहमा कला र संस्कृति क्षेत्रमा योगदान पुर्याउने बिभिन्न व्यक्तित्वहरूलाई सम्मानित समेत गरिएको थियो।

कार्यक्रममा पूर्वमन्त्री उर्वादत्त पन्त, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कञ्चनपुर अध्यक्ष लालबहादुर धामी अछामी बड्डो, कलाकार माधब बिष्ट, महाकाली साहित्य संगमका अध्यक्ष हरिश जोशी, पत्रकार महासंघ कञ्चनपुरका सभापति माधब धामी, केपी कलौनी लगायतले शुभकामना राखेका थिए। कलाकारहरूको बेजोड प्रस्तुतिसमेत रहेको कार्यक्रम अत्यन्तै रोचक र उत्कृष्ट रभव्य भएको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।