
आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सोमबारको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले बढेको हो । सुनको मूल्य हिजो पनि तोलामा २०० रुपैयाँले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३६ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेकाे छ ।

हिजो साेमबार छापावाल सुनको मूल्य १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएकाे थियाे ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको १६ सय ७५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।































