
मेरो पढाइ बैतडीको पाटन नगरपालिका स्थित भिमदत्त प्राबिधिक शिक्षालयमा चलिरहेको थियो। म बि.सं.२०७६ साल देखिनै सिभिल सब-ईन्जिनियरिङको पढाइ गर्दै आइरहेको थिए।पढाईको सिलसिलामा म केही दिन अगाडि घर बाट बैतडीको पाटन गएको थिए।पाटन जानु भन्दा अगाडि घरमा सबै अरामै थिए र मैले पाटन आउनु अघि घरबाट सबैले टीका लगाई मलाई पढाईको लागि बिदाइ गरेर पठाएका थिए ।

पाटन गएको केहि दिन पछिको कुरा हो:मिति २०७८ साल भाद्र ३० गते बिहान एक्कासि मलाई घरमा फोन गर्ने मन लाग्यो। समय बिहानको ०७:०० बजेको थियो मैले फोन गरे फोन गर्दा बिहानै फोन मम्मिले उठाउनुभयो।मैले हेलो भने आमाले पनि बिस्तारै हेलो भन्नु भयो,मैले ढोग दिए आमाले फोन बाटै आसिर्वाद दिनु भयो।आमा बिरामी भएकी रहेछिन तर उहाँलेे आफु बिरामी भएको कुरा म सङ्ग लुकानु भयो।
उहाँलाई बिहान ०५:०० बजे देखिनै पेट र टाउको एक्कासि दुख्ने समस्या आएको रहेछ तर बिहान अलिकति कम र पछि बिस्तारै दुखाई सहन नसकिने गरि दुख्न थाले छ, हामी कुरा गर्दै थियौ कुरा गर्दागर्दै आमाको दुखाई एक्कासि बढेछ फोनमै एक्कासी आमाको मुखार बिन्दुबाट “अय्या बाबू म त मरि सके” भन्ने अवाज निस्क्यो; म झस्किए र सोधेँ मम्मी के भयो तपाईं लाई उहाँले बिस्तारै स्यानो स्वरमा बोल्न नसकि मेरो टाउको र पेट असाध्यै दुख्दै छ म त सुत्छु त राम्रोसँग पढ् खाना पनि पेट भरि खानु भन्दै एक्कासि फोन काट्नु भयो, म आत्तिए र फेरी फोन गरे।
फोन बुबाले उठाउनु भयो मैले बुवा संग झर्कदै भने आमालाई के भएको छ? किन अहिलेसम्म अस्पताल नलगेको? भन्दै झर्किए (तर आमाले बुवा सङ्ग पनि समान्य दुखाई ठानेर यो कुरा लुकाएका रहेछन् ) बुवाले भन्नु भो भर्खरै मलाई नि थाहा भयो,अगाडि म केही बेर सम्म सुत्छु भनेकी थिई तर मैले चिया र नास्ता बनाई अहिले लिएर आउदा थाहा भयो।अब अस्पताल लग्छौ त चिन्ता नलिएस् भनेर भन्नु भयो र फोन काट्नु भयो।म मनमनै आत्तिन थाले मम्मिको मुखारबिन्दु बाट निस्किएको त्यो आवाज मेरो मनमा पटक पटक खेल्न थाल्यो, मेरो मनले मानेन मैले तेति खेरै नजिकैका तीन जना (लक्ष्मण भुल, घनश्याम भुल र ऊद्वब भुल)अंकलहरु लाई फोन गरेर भने मेरा आमा बिहान देखि एक्कासि बिरामी भएका रहेछन् उहाँलाई नजिकैको अस्पताल लग्नमा सहयोग गरिदिनु पर्यो भने र उहाँहरुलेे पनि हुन्छ भन्दै उतिबेलै गएछन्।
बुवाले पनि अरु लाई बोलाका रहेछन् र लगत्तै नजिकैको गाँजरी स्वास्थ्य चौकीमा लगेछन।तर तेतिखेर बिहान को ०९:०० बजेको थियो भने अस्पताल १०:०० बजे खुल्थ्यो। मैले उतिखेरै उक्त स्वास्थ्य चौकीमा कार्यरत डाक्टर (अ.हे.ब) नजिकैका गाउले अंकल नाता पर्ने जनक सिंह धामी लाई फोन गरेर आमा एक्कासी बिरामी भएका र अस्पताल ल्याउदै गरेका छन् अस्पतालमा गईदिनु पर्यो भनेर आग्रह गरे उहाँ पनि केही नभनि तेतिखेरै अस्पताल गएछन्।
आमा लाई पनि अस्पताल पुगाईएको रहेछ पुग्ना साथ आमालाई दुखाईकम गर्ने दुईवटा सुई लगाईएछ। सुई लगाए पछि टाउकाको दुखाई अलिकति कम भएछ तर पेटको दुखाई भने रोक्न सकिएन छ। पेटमा केही देख्न सकिन्छ कि भनेर एक्सरा पनि गरेछन् तर केही थाहा नभएपछि तेताबाट आमालाई डडेल्धुरा अस्पताल रिफर गरिएछ।डडेल्धुरा लग्ने क्रममा आमाले मलाई (ध्रुब) बोलाई दिनु भनेर आग्रह गरे छन् तर उपचारका लागि अस्पताल लगिरहेका र ठिक हुन्छ भनेर बुवा,अंकले मलाई नबोलाई डडेल्धुरा लगेछन्।
डडेल्धुरा लग्दा पहिला चिरिन्जिबि अस्पताल लगेछन् तेता पुग्नासाथ डाक्टरले सलानी चढाएछ र बिस्तारै भिडियो एक्सरे,रगत परिक्षण र पिसाब परिक्षण गरेछन् तर कुनै बिरामी पत्ता लागेन छ।अन्तिममा ग्यास्ट्रिकको सम्भावना रहेको र तेस्कालागि इन्डोस्कोपि गर्नुपर्ने भएकाले धनगडि या डडेल्धुरा जिल्ला अस्पतालमा लग्न भनिए छ फेरि तेता बाट बाहिर ल्याई डडेल्धुरा अस्पतालमा लगेछन।उता लग्दा बेलुकीको ०५:०० बजि सकेको रहेछ।
तेता ईमेरजेन्सिमा लग्दा इमेरजेन्सि मा रहेका डाक्टरहरुले आज उपचार हुदैन भोलि बिहान १०:०० बजे आउनु भनेर बाहिर पठाएछन्।अब के गर्ने भनेर बुवा र अंकल बाहिर आई अंकले मलाई फोन गर्नु भयो।मैले उति खेरै डडेल्धुरा अस्पतालका अध्यक्ष कर्णाकण ओझा सर लाई फोन गरे फोन गर्दा उहाँले आफु काठमाडौं रहेको र तेताका बरिस्ठ डाक्टर जगदिस बिष्टलाई फोन गर्नु र म पनि गर्छु भनि नम्बर दिनुभयो।मैले तेतिखेरै फोन गरे उहाँले छिटो भित्र लैजाउ म कुरा गर्छु भन्नु भो मैले फेरि अंकललाई फोन गरेर छिटो लैजान भने तर आमा बाहिर एक्कासि बेहोस भएका रहेछन् र उहाँलेे भित्र लगेछन्।बेहोस भएको देखेर डाक्टरहरुले आमालाई बेडमा राखि उपचार गर्न सुरु गर्नु भएछ।
केही समय पछि बिस्तारै आमा होसमा आउनु भएछ।होसमा आए पछि आमाको रगत परिक्षण गर्नको लागि रगत निकालि पठाएछन।रगतको रिपोर्टमा सङ्क्रमण भएको देखियो आमा असाध्यै कमजोर भएका रहेछन। उहाँलाई लगातार पाँच बोतल सलानी चढाईए छ।तेसपछि आमाको शरिर बिस्तारै फुल्न थालेछ र श्वास पनि बढ्न थाले छ।
राति ०२:०० बजेपछि श्वास झनझन बढ्न थालेछ।श्वास कन्ट्रोल गर्न डाक्टरहरुले अक्सिजन लगाए छन् तर कन्ट्रोल गर्न सकिएन छ उहाँलाई आईसियु मा राखिए छ तै पनि कन्ट्रोल गर्न सकिएन छ।दोस्रो दिन भाद्र ३१ गते बिहानी पख झन श्वास बढेछ।डाक्टरहरुले जति प्रयास गर्दा पनि श्वास कन्ट्रोल गर्न सकेनछन् । बिहान ०७:०० बजे मैले बुवालाई फोन गरे कस्तो छ आमालाई भनि सोद्दा श्वास कन्ट्रोल भईरहेको छैन अरुत सबै ठिक छ सायद छिट्टै श्वास पनि कन्ट्रोल हुन्छ होला चिन्ता नलिनु भनि फोन काट्नु भयो।म पनि अब ठिक हुन्छ होला श्वास पनि कसो कन्ट्रोल नहोला र अक्सिजन पनि दिईएकै छ भनेर अलि बिस्वष्त भई किताब पढ्न थाले।
बिहानको ०८:०० बजेको थियो म केही बेर पछि खाना पकाउने तयारीमा थिए तेतिखेरै डडेल्धुरा अस्पताल बाट अंकलको फोन आयो उहाँले के गर्दै छस्?कलेज कतिखेर लाग्छ?खाना खाईस?…ईत्यादि प्रश्न सोध्न थाले मैले पनि सबै प्रश्नको उत्तरत दिए तर मनमा सङ्काले ठुलो घर बनाई सकेको थियो।आमा लाई के भएको होला भन्ने चिन्ताले म ग्रसित नै भैसकेको थिए।उतिबेलै पुन: अंकले बिस्तारै आज के छ कलेज लाग्छ कि बिदा छ? भने मैले नि लाग्छ भने उहाँले फेरि भनौकि नभनौ झै गरि भने यतात खासै स्वास्थ अवस्था सुधार होला जस्तो छैन धनगढी लग्नु पर्ने जस्तो देखिदै छ घरमा नि फोन गरेको थिए अलि पैसाको समस्या परेकाले पैसा लिएर जेठा दाइ र अंकल आउदै छन् सकिन्छ भने त पनि आइजा खोड्पेमा उहाँहरु लाई भेटेर पैसा लिएर आउनु हामी दुईजना जाऊ दाईलाई घरपठाउ उता पनि अलि बोल्ने चाल्ने मान्छे चाहिन्छ भन्नु भयो।म केहिबेर केही बोलिन एक महिना पछि मेरो परीक्षा थियो।सिटिईभिटिले परिक्षाको तालिका पनि सार्वजनिक गरि सकेको थियो।प्रयोगात्मक कक्षा पनि सङ्गसङ्गै भईरहेका थिए। पढाइ पनि निरन्तर चलिरहेको थियो मैले भने तपाईं नै जानु अंकल मेरो यस्तो समस्या छ भनेर बताए उहाँले हुन्छ या हुदैन केही नभनि फोन काट्नु भयो।
कुरो आखिर धनगढी लग्ने नभई आमाले यो संसार छोडिसकेका रहेछन् तर मलाई भन्न नसकि धनगढीको बहानामा मलाई खोड्पे सम्म मगाउने चाल मात्रै रहेछ।उता अस्पतालमा बुवाको रुवाबासि चलिरहेको रहेछ अंकल एक्लैलाई के गरौ के नगरौ उकुसमुकुस भईरहेको रहेछ। उहाँले फेरि हाम्रै टोलका बाजे नाता पर्ने शिक्षक जनक चर्मकारलाई फोन गरेछन्।उहाँलेे आमाको मृत्यु भैसकेको र अब कसरी घर ल्याउने आफु एक्लै रहेको र बुवाले झन तनाव थपिरहेकाले डडेल्धुरामा कोहि सहयोग गर्ने मान्छे भए कुरा गर्नु भनेछन् तर उहाँ बाजे पनि जागिरको शिलसिलामा बैतडीको सत्बाज नजिकैको बिद्यालयमा थिए।उहाँलेे पनि हुन्छ भनेछन् तर तेता साथीहरूलाई सम्पर्क गर्दा कसै सङ्ग सम्पर्क भएनछ।उहाँलेे अंकललाई फोन गर्नुभए छ तेता कसै सङ्ग कुरा भएन तेसैले हाम्रो गाउँको बिरेन्द्र सिंह धामी नाम गरेका एकजनाको गाडी थियो त्यो सङ्ग कुरा गर्न आग्रह गर्नुभएछ। अंकले पनि त्यो गाडी साहु संग कुरा गरेर डडेल्धुरा बोलाए छन। बुवालाई पनि केही सम्झाएर आफुलाई समाहल्न आग्रह गर्नुभएछ।तर अब मलाई त्यो कुरा कसरी बताउने भन्ने अन्यौलमा परेछन।
फेरि अंकले पुनः शिक्षक बाजे जनक चर्मकार द्वारा कुरा गर्न लगाए।बाजेले मलाई फोन गर्नु भयो र आमा लाई धनगढी लग्ने तयारी भएकाले एकदुई दिन कलेजमा जे जस्तो भएनि जानुपर्यो बरु अहिलेनै खाना नपाएको भि खिचडि भए पनि छिटो पकाएर खाएर जानु पर्यो,ढिलो हुन्छ भनेर मलाई भन्नु भयो। मैले पनि सोचे हो मम्मीको ज्यान बचाउनु छ बुवाले घर जाने भए पछि मनै जान्छु भनेर बाटोमानै होटलमा खाना खानुपर्ला भनेर पाटन बाट म हिडेर अलि माथि बजार नजिकै पुगेको थिए पन: बाजेले फोन गरे खोड्पे सम्मको मात्रै टिकट काट्नु घरदेखि आएकालाई जसेरी नि भेट्नु भने मैले नि हुन्छ भने तर मनमा अनेकौं कुराहरु खेल्न थाले, तैपनि पाटन बाट मैले खोड्पे बजारमा अलि रोक्नु भनि सिधै डडेल्धुराको लागि टिकट काटेर बसमा बसे।बसमा पनि मनमा अनेकौं कुराहरू खेल्न थाले पैसा लिएर घरबाट किन दुईचार जना आए?पैसात एक्लैले पनि लिएर आउन सक्छन् नि? अनि मलाई खोड्पे सम्मको लागि मात्रै किन टिकट काट्न लगाउदै छन्?भन्ने अनेकौं कुराहरु मनमा खेलिरहे म कतिखेर खोड्पे पुगे पत्तै भएन सह-चालक दाईले खोड्पे झर्नुस् भनेर जोरले बोले म झसंङ्ग भए र बाहिर हेर्दा खोड्पे पुगिसकेको थिए। म बसबाट बाहिर उत्रिए पैसा लिनको लागि घरबाट आएका जेठा बुवा र बाजेलाई भेटे पैसा दिनुस् म जान्छु भन्दा केहिबेर रोकिन आग्रह गरे मैले डडेल्धुरा सम्मको टिकट काटेको कुरा बताए तर उहाँहरुले त्यो डडेल्धुरा सम्मको टिकटको पैसा फिर्ता मागेर खोड्पे सम्मको मात्रै टिकट कटाए।
मैले मनमनै पुर्णतः आमाको ज्यानमाथी केहिन केही भैसकेको र मलाई यिनिहरुले कुरा लुकाइराखेका छन् भन्ने सोचिरहेको थिए।तेतिखेरै मलाई जेठा बुवा र बाजेले होटलमा लगे खाना खान भने तर मलाई खाना खाने कुनै मन थिएन।जबर्जस्ती मलाई नास्ता खान लगाए।होटले दाईले मेरा लागि एक प्लेट चाना दिनुभयो तर के खाईन्थ्यो र मैले अलि खाए र अरु सबै तेसै छोडे।हामी केही बेर होटेलमै बसि कुरा गरिरहेका थियौ,कुरा गर्दागर्दै डडेल्धुराबाट आमाको लास बोकेको गाडी खोड्पे आईपुग्यो। हामीलाई बजारबाट ५० मिटर पर बझाङ रोडतिर आउन भनियो हामी पनि गयौं।मलाई आमालाई भेट्ने साह्रै उत्सुकता लागिरहेको थियो मैले तेता पुग्ना साथ छिटो गाडिमा हेरे।गाडीको पछाडि मेरी आमाको लास तेर्साइएको थियो। बुवा पनि तेतै जिपको सिटमा बसेर रोईरहेका थए अंकल पनि निरास हुदै पछाडि नै बसिरहेका थिए।
त्यो दृश्य देखेर “मेरो आँखा अगाडि एक्कासि अँध्यारो छायो म अनेक कुराहरु सोच्न थाले तेसैमाथि बुवाको रोदन हेर्नै सकिन मलाई सारा संसार अँध्यारो लाग्न थाल्यो म कुन संसारमा छु आफैलाई पत्तोनै थिएन।मन भक्कानिन थाल्यो,मुटुको धड्कन एक्कासि बढ्न थाल्यो आखाँभरि आसु भरिएर टम्महुदै बाहिर चुहिन थाले मलाई गाडीमा बसालियो।”
गाडि तेता बाट पुन: बेगमा गुड्यो म गाडिमा अनेकौं कुराहरु सोच्दै रुदैथिए।केही समय गुडेपछि गाडि झ्वाम्म एक्कासि रोकियो पुन: म झसंङ्ग भए बाहिर हेर्दा त गाडी हाम्रै घरको माथि पुगेर रोकिएको रहेछ।बाहिर रोडभरि मान्छेहरुले घेरिरहेका थिए।समय दिउँसोको ४:३०० बजेको थियो।उति बेला बिद्यालय बाट छुट्टि भएर बिद्यार्थीहरु पनि तेतै आएका थिए।ठुलो जमातले गाडीनै घेरि सकेको थियो।मान्छेहरु सबैजना रुदै थिए। हामी गाडिबाट बाहिर उत्रियौ बाहिर निस्किदा तेता स्टेचर लिएर सबैजना गाउँका आफन्तहरु लास लिन तयार थिए। उहाँहरुले गाडिबाट लास बाहिर निकाल्न थाले मैले पनि मनलाई यसोतसो थामेर लास निकालि स्टेचरमा राख्न सहयोग गरे।
स्टेचरमा राखिसके पछि उतिबेलै उचालेर लास घरतिर लगियो।घरमा पनि मान्छेहरूको भिडभाड थियो रुवाबासी भईरहेको थियो।मेरो मन झनझन आत्तिन थाल्यो लास घरमा पुगाईयो तेतिखेर झन ठुलोठुलो स्वरमा रुवाबासि चल्यो।मैले मेरो मन लाई थाम्नै सकेन,म झन रुन थाले।केही समय पछि मलाई आफ्नो कपडा खोल्न लगाईयो।एउटा सेतो तौलिया बेरेर लास नजिकै बस्न लगाई परम्परा र धर्मनुसार बिभिन्न कर्मकाण्ड गर्न लगाईयो।
त्यो दिन रातभरि बाहिर पाल/टेन्ट रोकेर बाहिर नै लास सङ्ग बसियो।दोस्रो दिन बिहानी पखनै तेता अरुले विभिन्न कामहरु गरे,लास लाई चिहान तर्फ लग्ने तयारी गरियो। परम्परा र धर्मनुसार बिभिन्न काम गर्दै लास घरबाट उचालि चिहान तर्फ लगियो।सबैभन्दा पहिला मैले नै काँधमा उचालेर चिहानको यात्रा तिर लागेयौ।घरमा चौतर्फि अध्यारो छायो, रुवाबासि चल्यो,हामिहरु निरन्तर हिड्यौ।चिहानमा पुगी मेरा यी आफ्नै कोमल हातले आमालाई दाग बत्ति दिई अन्त्यष्टि गरेर फर्कियौ।तेस पछि हामी घर आयौ घर आएर हामीले परम्परा अनुसारको काम गर्यौ।
मेरो घर सङ्गै पुरै गाउँ आमाले मृत्युको शोकमा डुबेको थियो।घर आमा बिहिन एक्लो बन्यो।बृद्ध बाजे बजैहरु र बहिनिहरु घरमा रहे।अहिले मेरो घर सहारा बिनाको उजडा मरभुमी जस्तै बनेको छ।दैवको लिला भनौ या भाग्यको खेल, खुसिको बहार आउने उमेरमा आमाको साथ छुट्टियो।मेरो यात्रा अन्धकारको भुमरिको बाटोमा लम्किदै गर्दा म १९ बर्षको थिए।१९ बर्षमा टुहुरो भएर हिडेको मलाई आमा भन्ने शब्द सधैंका लागि पिडादायी बनेर गएको छ।
मलाई यो संसारमा जन्म दिई जिउनका लागि संघर्ष गर्न सिकाउने आमाले सधैका लागि छोडेर यो संसारनै त्याग्नु भयो।तर म आमाले दिएको संस्कार र उहाँले सिकाएको संघर्ष सधैं आत्मसाथ गर्दै यात्रा गरिरहने छु।सबैभन्दा ठुलो शिक्षा संस्कार हो जुन सर्वप्रथम आमा बाटै सिकिन्छ।आमा बिते पछि जिम्मेवारी पनि थपिएको छ।मैले यो जिम्मेवारीको भारि धान्नै पर्छ।बाँकी जिन्दगी चलिरहेको छ।अन्त्यमा स्वर्गीय आमा प्रति हार्दिक श्रद्वासुमन र सम्पूर्ण आमारुपी भगवान प्रति हार्दिक सम्मान सहित मातातीर्थ औंसीको हार्दिक शुभकामना|:)🌺
ध्रुब किरण भुल
सिगास -०२ गाँजरी खुदाईनगर(बैतडी)





























