हावाहुरीकाे वितन्डा, १० लाखकाे क्षति

Image
Nisarga Hospital

बैतडी: हावाहुरीका कारण बैतडीका दुई विद्यालयमा क्षति भएकाे छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ४ स्थित जबलपुर मावि सैलोडा र शिवनाथ गाँउपालिका–०६ बसेडीभ्वामा रहेको हिरापुर माध्यमिक विद्यालयमा हावाहुरीले क्षति गरेकाे हाे।
हावाहुरीका कारण दुबै विद्यालयमा १० लाखभन्दा बढीकाे क्षति भएको जनाएको छ।

CP Hospital Dhangadhi

जबलपुर मावि सैलोडाको दुई कोठे भवनको छानो उडाएको विद्यालयका प्रधानाध्यापक शमशेरसिंह घोटाले बताउनुभयाे ।
सोमबार राति आएको हावाहुरीले विद्यालय भवनको छाना उडाउनुका साथै दुई कोठे शौचालयको छानो समेत उडाएको छ । यस्तै मल्टिस्टोर भवनमा पनि हावाहुरीले क्षति पुर्याएको छ भने विद्यालयमा राखिएको सोलारमा समेत क्षति पुगेको छ ।

हावाहुरीले छानो उडाउँदा विद्यालय भवन पुननिर्माणमा १० लाख लाग्न सक्ने प्रधानाध्यापक घोटाले बताउनुभयाे । छानो उडाएको भवनमा भूकम्प आएको बेला पर्खालहरु चर्किएको थियो । हावाहुरीले छानो उडाएपछि उक्त भवन पुरै नयाँ बनाउनुपर्ने अवस्था आएको छ ।
आधारभूत तहका कक्षा ३ र ४ का विद्यार्थी बस्ने भवनमा हावाहुरीले क्षति पुर्याएपछि पठनपाठनमा समस्या भएको छ । यस्तै आधारभूत तहका विद्यार्थीहरुले प्रयोग गर्दै आएको शौचालयको समेत छानो उडाएपछि बालबालिकाहरुलाई समस्या भएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यस्तै शिवनाथ गाँउपालिका–०६ बसेडीभ्वामा रहेको हिरापुर माध्यमिक बिद्यालयको छानो हावाले उडाएको छ। हावाहुरीले बिद्यालयको दुईकोठे भवनको छानो उडाएको प्रधानाध्यापक भान बहादुर चन्दले बताउनुभयो।

हावाहुरीका कारण जस्तापाताले छाएको छानो उडाउदा करिब २ लाख वरावरको क्षति भएको प्रधानाध्यापक चन्दले बताउनुभयो। हावापुरीले अन्य दुई कोठामा पनि समान्य क्षती पुर्याएको उहाँले बताउनुभयो।

बिद्यालयको छानो मर्मतका लागि स्थानीय सरकारसगं आग्रह गरिने बिद्यालयले जनाएको छ। बिद्यालयको छानो हावापुरीले उडाउदा पठनपाठनमा समस्या भएको बिद्यालयले जनाएको छ।

Dhnagadhi & Krishanapur