आज फेरी घट्यो सुनको मूल्य ! सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण, आज कतिमा हुदै छ त कारोवार ?

Image
Nisarga Hospital

साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो।

CP Hospital Dhangadhi

मंगलबार प्रतितोला एक हजार दुई सय रूपैयाँ, बुधबार प्रतितोला एक सय रूपैयाँ, बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँ र शुक्रबार पनि प्रतितोला एक हजार आठ सय रूपैयाँ गरी यो चार दिनमा सुनको मूल्य प्रतितोला चार हजार नौ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

nawajiwan
Attariya Hospital

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।