

गजल
मेरा सुन्दर बासिनलाई , नचाई हँसाइदे
उल्टा बटा हिट्या मान्स ,सप्या बटा लाइदे
दाइन भयै मठैराज , सबका हिय बसेइ
सतबुद्धी सप्या वाणी , सबैलाई सिकाइदे
धेरै बढ्यो गाउँ घरमा , अशान्ती अरलो
हात जोडि बिन्ती मेरो, लौ शान्ती गराइदे
सोझा सज्जन मानिसको,बास हौ गाउँमा
षड्यन्त्र कारिनलाई , चार डाँडा कटाइदे
दया गरेय छया गरेइ , अपाङ असक्तको
बनि दे साहारा माटी ,हिट्दा हात समाइदे
पारस भट्ट प्यासी
सुन्दर भुमी सेलि




























