बैतडी जीप दुर्घटना अपडेट: मृतक र घाइते सबैकाे परिचय खुल्याे

Image
Nisarga Hospital

बैतडीः बैतडीमा जीप दुर्घटना हुँदा मृत्यु र घाइते भएका सबैकाे परिचय खुलेकाे छ।
सदरमुकाम गाेठलापानीबाट भारतीय सीमानाका झुलाघाटतर्फ गइरहेको सुप प्र ०१००१ज १५०० नम्बरकाे जिप दिउँसो ३ बजेतिर दशरथचन्द नगरपालिका १० भगाेडेनाेला दुर्घटनामा परेकाे हाे।

CP Hospital Dhangadhi

दुर्घटनामा परेर एकजनाकाे मृत्यु र नाै जना घाइते भएका सबैको परिचय खुलेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा बैतडीको दाेगडाकेदार गाउँपालिका ६ सित्तड माइत भइ भारतकाे पिथाैरागढ घर भएकी २१ वर्षीया मिना जाेशी रहेकी छन्। मिनाकाे जिल्ला अस्पताल बैतडीमा मृत्यु भएकाे हाे।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यस्तै घाइते हुनेहरूमा मृतक मिनाका श्रीमान ३० निरज भट्ट, दशरथचन्द नगरपालिका ६ गाजरी ४५ वर्षीया जानकी चुनारा , मेलाैली नगरपालिका २ का ७६ वर्षीय कृष्णबहादुर चन्द,पुर्चाैडी नगरपालिका ५ कुवाकाेटकी २८ वर्षीया निरा कुँवर,दशरथचन्द नगरपालिका १० का २८ वर्षीय ललितराम टमटा, साेही ठाउँका ३० वर्षीया निर्मला टमटा, निर्मलाका छाेरा ८ वर्षीय कार्तिक टमटा, दशरथचन्द नगरपालिका २ देहिमाडाैं माइत भएर भारतकाे पिथाैरागढ घर भएकी २४ वर्षीया रतना काेहरा र रतनाका श्रीमान २६ वर्षीय किसन काेहरा रहेका छन् ।

घाइतेमध्ये जानकीकाे अवस्था गम्भीर, ललितरामकाे मध्यम र अन्यकाे अवस्था सामान्य रहेकाे प्रहरी प्रवक्ता केसीले बताउनुभयो । घाइते सबैको जिल्ला अस्पतालमा भइरहेको छ ।

अनियन्त्रित भएर खसेकाे जीप सडकबाट ३० मिटर तल खसेकाे छ। जीपमा चालकसहित १३ जना सवार रहेकाेमा २ जना सकुशल रहेका छन्।

चालक दार्चुलाकाे लेकम गाउँपालिका ३ लालीका ३१ वर्षीया भुवन टमटा फरार रहेका र उनकाे खाेजी कार्य चलिरहेकाे छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Dhnagadhi & Krishanapur