
डोटीः आगलागीबाट पाइप लाइन जलेपछी अवरुद्ध डोटीको गैरागाउँ-सिलगढी खानेपानी मर्मत सम्पन्न भइ ठिक एक महिनापछि सुचारू भएको छ ।

खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गलमा लागेको आगोले गत बैशाख १८ गते उक्त खानेपानी लाइनको क्रसिङमा रहेको पाइपहरु जलेपछि खानेपानी अवरुद्ध भएको थियो ।
करिब ६ सय मिटर जति नयाँ पाइप जडान गरि पानी सुचारू गरिएको जनाइएको छ ।


खानेपानी मर्मतको क्रममा सहयोग पुर्याउने दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ र ६ बाट खटिएका स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी बलको टिम, सिलगढी खानेपानी उपभोक्ता समितिका टिम र कर्मचारी सबैलाई सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका कार्यालय प्रमुख रामचन्द्र धामीले फेसबुकमार्फत धन्यवाद व्यक्त गरेका छन् ।
तथापि अर्को मुहान भोगरे खोलाको पानीलाई एक दिन बिराएर वितरण गरिए पनि सबै उपभोक्ताका धाराहरुमा पानी संचालन भैरहेको थिएन ।
खानेपानी अवरुद्ध भएपछि विशेष गरि डोटी सदरमुकाम सिलगढीमा खानेपानीको अभाव भएपछि उपभोक्ताहरुले निकै सास्ती खेप्नुपरेको थियो ।






























