नेपाली बजारमा सुनको मूल्यले आफ्नै रेकर्ड तोड्यो ! सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण, आज कतिमा हुदै छ त कारोवार ?

Image
Nisarga Hospital

दुई दिनमै सुनको मूल्य रेकर्ड ब्रेक भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार तोलामा १८ सय रुपैयाँ भाउ बढेको हो । बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन आज बिहीबार १ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

CP Hospital Dhangadhi
Attariya Hospital

यसअघि मंगलबार हालसम्मकै उच्च तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ गते उच्च मूल्य प्रतिऔंस २४५० डलरसम्म पुगेको सुन बिहीबार (साढे १० बजे) २३६८ छ । नेपालमा बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि अन्तर्राष्ट्रियभन्दा उच्च दरले सुन महँगिएको हो ।

nawajiwan