हरेक कुरामा लापरबाही

Image
Nisarga Hospital

कहिले बत्ती हुँदैन , कहिले खानेपानी हुँदैन , बजेट पचाउन बाटो त खनिए तर गाडी कुद्ने हैन उसो त जताततै खाल्डाखुल्डी त्यै माथी बाटोमा ढुङ्गा, काठपातले जाम भएको छ ! अहिले मेलौली २ का केही केही गाउँमा मोबाइलमा नेटवर्क नआएको एक साता हुनै लाग्यो , रक्सिको भड्डि पाएपछी ३३ रुपयाँको ठेउको खाएर १२ भाइ मिडिया भन्दा पनि बढी जान्ने भएर राष्ट्रिय अंतरराष्ट्रीय गफ दिने खनप्रतिनिधिलाई जनताका समस्या पिर ब्यथाहरुको के को मतलब “!

CP Hospital Dhangadhi

यहाँका सम्बन्धित निकायहरुमा पनि माकुरोले जालो बुने सकेछ जिम्मेवारी मा धमिरा लागि सकेछन् ,, कमिला ले बुद्धि खाइसके छ जस्तो मससुस हुन्छ ,, नत्र खै ध्यान जानुपर्ने हो यस्ता महत्त्वपूर्ण कुराहरुमा ,,

कतिखेर त यो ठाउँमा जन्मिनु नै गल्ती भयो कि भन्ने लाग्छ! तर ठाउँको के दोष यहाँका ब्यक्तिहरु पो खराव हुन् ,, चुनावको बेला त बिमारीलाई लिन हेलिकप्टर आउँनेछ, स्वास्यचौकी मै एम्बुलेन्सले हारन बजाउनेछ भन्थे खै हामिलेत कुनै सेवा सुबिधा पाएनौँ हिजो मात्रै बिरामी भइयो राम्रो हस्पिटल जाउँ हस्पिटल नपुग्दै बाटो मै केहि हुने पो हो कि भन्ने डर नजाउ स्वास्थ्य अवस्था गम्भीर छ , कतैबाट फौन गरेर केही औषधि मगाउ अथवा डाक्टर साबलाईनै फौन गरु भनेपनी मोबाइल नेटवर्क छैन !

धेरै जसोको घरमा त बुढापाखा मात्रै छन् त्यो पनि आएको फौन मात्रै उठाउन जान्ने बिचरा पाँच साथ दिन सम्म छोराछोरी को फौन नआएपछी कत्ती मन दुखाउँ छन् होला त अनि बिमारी हजुर बा आमाको के अवस्था होला त ,,

त्यसकारण सत्ता र भत्ता पचाउनेहरुलाई ध्यानाकर्षण होस् , यस्ता महत्वपूर्ण बिसयमा लापरबाही नहोस् !

पारस भट्ट “प्यासी”
सुदुर पश्चिम बैतडी