बैतडीमा एकजना मृत फेला

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

बैतडी: बैतडीका एकजना मृत अवस्थामा भेट्टिएका छन्। मृत भेट्टिनेमा दार्चुलाको लेकम गाउँपालिका १ बित्थडका ५० वर्षीय तिखुरे खत्री बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।

CP Hospital Dhangadhi

बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ६ बांगाबगरमा सडकबाट अन्दाजी २० मिटर तल खाल्डोमा घोप्टो परेको अवस्थामा तिखुरेको शव शुक्रबार बेलुका बजेतिर फेला परेको हो ।

उनकाे के कति कारणले मृत्यु भयाे भन्नेबारे खुल्न बाँकी छ।
घटनाका बिषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको छ । मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Dhnagadhi & Krishanapur