
बैतडी:जिल्लाको सिगासमा आयोजित प्राज्ञिक लेखन तथा अनुसन्धान क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ।हिजो मिति २०८१|०२|२७ र २८ गते संचालन गरिएको दुई दिने कार्यशाला गोष्ठी आज सम्मपन्न गरिएको हो।

समाजिक बिकास मन्त्रालय धनगढी कैलालीको आर्थिक सहयोग र सिगास शिक्षा क्याम्पस गाँजरी बैतडीको आयोजनामा संचालित कार्यशाला गोष्ठी गाउँपालिकाकी उपाध्यक्ष धाना धामीको प्रमुख अतिथ्यतामा सम्मपन्न भएको सिगास शिक्षा क्याम्पसका सहायक प्रद्यापक मनोज सिंह धामीले बताउनुभयो।


कार्यशाला गोष्ठीमा क्याम्पस व्यवस्थापन समितका अध्यक्ष जगदीश सिंह ढाँट सभाधक्ष्य,गाउँपालिकाकी उपाध्यक्ष धाना धामी प्रमुख अतिथि, वडा नं.०२ का वडा अध्यक्ष,सिगास गाउँ कार्यपालिका सदस्य र दुई जना प्रशिक्षक पृथ्वी राज अवस्थी र डा.सुरेन्द्र बम समेत शिक्षक बिद्यार्थी गरी ३७ जनाको उपस्थिति रहेको थियो।

कार्यशाला गोष्ठीले बिद्यार्थी शिक्षकहरुमा प्राज्ञिक लेखन सिप सम्बन्धि आधारभुत ज्ञान र अनुसन्धान सम्बन्धिका बिषयमा आधारस्तम्भ खडा गरेको सहभागी लोकेन्द्र सिंह धामीले बताउनुभयो।




३७ जना उपस्थितिको सहभागीतामा संचालित दुई दिने कार्यशाला गोष्ठीको आज एक औपचारीक कार्यक्रमका साथ समापन गरिएको हो।



































