
आफु भोकै बसेर नि बच्चालाई माम दियो
आँचल भित्र लुकाएर प्रकृतिमा नाम दियोे
सभ्यताको शिक्षा दिदै संस्कारको पाटा भित्र
कर्म प्रति आस्था हुने शिक्षा अनि काम दियो
डाडा काडा पाखा भिर बेदनालाई कैद गदै
मुटु भरी माया अनि भण्डार भरी दाम दियो
नैतिकताको आँचल भित्र जीवनलाई कैद गदै
देवभुमी , जन्मभुमी तिर्थ यही धाम दियो
आफु मरी संन्तानलाई ईमानको शिक्षा दिदै
दुधँको धारा बगाउदै रवि जस्तै घाम दियो
दुख पीडा,भाेक प्यास लुकाएर दिन रात नभनेरै
बच्चालाई शिक्षा दिन आँचल भरी खाम दियाे

॥१॥
जननी र जन्मेको त्यही ठाम प्यारो हुन्छ
तन र मन मिल्ने साथीको नाम प्यारो हुन्छ
न्यानोको आषामा बसेका नीरीहहरुलाई
उषाकालमा उदाएको घाम प्यारो हुन्छ
अभाव र संन्त्रास मै शहरमा बाच्नु पर्दा
प्रकृतिसंगै गाँउको त्यो शान्ति धाम प्यारो हुन्छ
हात जोडी अरुसंग मागी मिठो खानु भन्दा
इलमले कमाएको खश्रो माम प्यारो हुन्छ
कर्म गर्न जता सुकै प्रदेशमा गएपनि
कर्मनिष्ठ भई पसिनाको काम प्यारो हुन्छ
जिन्दगीमा जस्ले जति पैशा दिए पनि
परीश्रम तथा इमानको दाम प्यारो हुन्छ
समयको फेर संगै धनिमानी भए पनि
आशीर्वाद दिदै दे काे खाम प्यारो हुन्छ
॥२॥
अवस्था छ जस्तो उसै काम राेज्ने
बगाई पसीना मिठो माम राेज्ने
सदा साथ बस्ने यहाँ थात डेरा
उषाले चुमेकाे सुखी ठाम राेज्ने
हिमाली पहाडी मधेसी सबैले
मिलेरै त आफ्नाे यहाँ नाम राेज्ने
यहाँ दर्द पीडा सबै साथ बाड्दै
सदा हर्ष उल्लासकाे दाम राेज्ने
मनोभावना त्यो सबैको बुझेरै
यहाँ प्रेम राख्ने नया खाम राेज्ने
हु यात्री धराका सबै साथ हिन्दै
छहारी बनैकाे यतै साम राेज्ने
छ पानी पधेराे चरा काे छ बाेली
जता शान्ति हाेला तेतै धाम राेज्ने
जगाएर आशा सबै साथ लक्ष्मी
बशन्ती छटाकाे यतै याम राेज्ने
॥३॥
पुर्खाहरुको बिचारमा चलेको सुदूरपश्चिम
कर्तब्य र संस्कारले फलेको सुदूरपश्चिम
दया माया ममता र विश्वासमा बस्दा बस्दै
सुख शान्ति सत्कर्म मै पलेको सुदूरपश्चिम
निश्वार्थ भै सेवा गरी सादा जिवन ज्यूनेहरु
अखण्डको ज्योति सरी जलेको सुदूरपश्चिम
आत्मा सबको बराबरी भन्ने हाम्रा पुर्खाहरु
सदाचार र सत्यता मै ढलेको सुदूरपश्चिम
सुन्दर शान्त बस्ती बाटै शान्ति घोस गरी
सत्कर्मका पथहरुमै अडेको सुदूरपश्चिम
मेची काली सिमा रेखा तराई र पहाड हुदै
जात जाती भाषा भेष मै जडेकाे सुदूरपश्चिम
लक्ष्मीदत्त भट्ट
धनगढी, कैलाली





























