बैतडीमा एक घरमा एक आगलागी : ८ पशुचौपाया जलेर मरे

Image
Nisarga Hospital

बैतडी : बैतडीमा एक घरमा एक आगलागी भएको छ। जिल्लाको सिगास गाउँपालिका–२ धौलाडीका सुरेन्द्रसिंह धामीको पत्थरले छाएको घरमा आज (शुक्रवार) दिउँसो आगलागी भएको हो।

CP Hospital Dhangadhi

आगलागी हुँदा ८ पुशचौपाया जलेर मरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताएका छन्। भैंसीका लागि कुडो पकाउन बालेको आगो नजिकै राखेको खरमा सल्केपछि उक्त आगो घरमा सल्किन गई आगलागी भएको हो। आगलागीबाट घरको तल्लो तला जलेर नष्ट भएको छ भने गोठमा बाँधेका एक भैैंसी, एक हल गोरु र ५ बाख्रा जलेर मरेका छन्। यस्तै धामीको घरभित्र राखेको मकै, गहुँ र लत्ताकपडामा समेत क्षति पुगेको प्रहरी निरीक्षक केसीले बताए।

स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट ३ लाख बढीको क्षति भएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur