लक्ष्मीदत्तका केही उत्कृष्ठ गजकहरु

Image
Nisarga Hospital

वर र पिपल मिलेर मात्रै चौतारी बन्दछ
मन र उमेर मिलेर मात्रै दौँतरी बन्दछ
दया र माया लिनु र दिनु दैवको खेल हो
सत्यको पुजा गरेर मात्रै पुजारी बन्दछ
लुकाई राख ईतिहास बन्ला पुर्खाका गहना
सन्देश देउ संन्तान लाई उपकारी बन्दछ
न छोड सत्य, सत्यले सधै मानवता सुधार छ
परिवारमा सधै अक्षय हुने भकारी बन्दछ
जीवन के हो नश्वर देह मृत्यु नै हो सत्य हाे
प्रेमको ज्याेती सत्यको मार्ग छहारी बन्दछ
जीवन भरि सुख दुख प्राकृतिक मेल हाे
दुख र सुख मिलेर मात्रै जुहारी बन्दछ

CP Hospital Dhangadhi

॥१॥

परे म मर्छु भोकले असीम दास हुन्न है
म खोज्छु मूल्य मामको मरेर लास हुन्न है
उठेर प्रात: कालमा सधैं लिएर कामना
भानु सरी तेजिलो निरीह खास हुन्न है
छ साथमा सधैं सधैं हुनेछ प्रेम भन्दथे
भएन प्रेम यो कठै सुखान्त आस हुन्न है
बनेन प्रेमिको कथा रहेन साथ संगिनी
बसे सधै म पीरमा समीप वास हुन्न है
परेर प्रेम जालमा उ सक्छ त्याग्न के यहाँ
लिएर पीर आत्ममा पढेर पास हुन्न है
यहाँ छ स्वार्थको कथा रहेन सत्यकाे धरा
हुदैन काम साथमा निमेक गास हुन्न है
सुभास मार्ग हो यहा छ जानु खै अझै कता
नवीनता छ प्राणमा विवेक दास हुन्न है
कहाँ भयो नि जन्म यो कहाँ छ मर्नु पर्छ खै
छ साथमा छ आज यो शरीर सास हुन्न है
॥२॥
छोटो छ जिन्दगानी,हाँसेर बाच्न सिक
आत्मीय भाव मनमा राखेर हास्न सिक
देख्ने छाै निरीह भोका,नाङ्गा र दुखी मान्छे
माया दया र सत्भाव बाँडेर साच्न सिक
आउने छ यस्तो घुम्ती छुट्ने छ प्रिय नाता
एक्लो छ जिन्दगानी साेचेर गाँस्न सिक
खाली याे लालसाले हुनेछ दु:ख मात्रै
स्वार्थी विचार धारा छाेडेर नाच्न सिक
यात्रा हो जिन्दगानी यस्तै छ घाम छायाँ
हाेला नि मोड भारी याे आत्म जाँच्न सिक
यस्तै छ आजभोलि मान्छे छ स्वार्थी लक्ष्मी
देखि निरीह मान्छे आफुलाई दाज्न सिक
लक्ष्मीदत्त भट्ट
धनगढी , कैलाली