विरल वर्षातका कारण बाजुरामा घर भत्किएपछि स्थानीयलाई बास बस्ने चिन्ता

Image
Nisarga Hospital

बाजुरा :बाजुरामा अविरल वर्षातका कारण घर भत्किएपछि स्थानीयलाई बास बस्ने चिन्ता परेको छ । जिल्लाको त्रिवेणी नगरपालिका–२ छतारास्थित दलित समुदायका घर दुई भत्किएपछि सो घरका स्थानीयालई बास बस्ने चिन्ता भएको हो ।मनसुन सुरु भएसँगै घर भत्किएपछि वर्षातको समय कहाँ गएर बस्ने भन्ने चिन्ता लागेको त्रिवणी नगरपालिका २ का स्थानीय राजु मिजारले बतए ।

CP Hospital Dhangadhi

उनले भने, “हिउँदमा भूकम्पले जोगिएको घर वर्खाको समय पूरै भत्किएपछि अहिले बास बस्ने चिन्ता परेको छ ।” हिउँदमा त आगो बालेर जता पनि बास बस्न सकिन्थ्यो । तर अहिले वर्खाको समय पानी परेको छ । यस्तो अवस्थामा कहाँ गएर परिवारलाई राख्ने चिन्ता लाग्न थालेको मिजारले बताए । दिउँसो धान रोपाइँको चटारो परेको छ । धेरै थाकिन्छ राती राम्रोसँग सुतौ भने घरको हालत यस्तो छ । यती बेला कहाँ गएर कसरी बसोबास गर्ने स्थानीय पदम मिजारले बताए ।

यो समस्या त्रिवेणीमा मात्र होइन जिल्लाका अन्य ठाउँमा पनि यस्तै छ । हिउँदमा भूकम्पले चर्काएका घर वर्खाको समय थोरै पानी परेपनि भत्किन थालेका छन् । कहिले भूकम्प र कहिले बाढीपहिरोका कारण यहाँका स्थानीयलाई वर्षेनी सधैँ यसरी नै सास्ती खेप्दै आउनु परेको मिजारले बताए । अविरल वर्षातका कारण घर भत्किएपछि अहिले वडा पालिकाको पहलमा प्रहरी जानकारी गर्दै मुचुल्का बनाउँने काम भइरहेको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

गत वर्ष भूकम्पका कारण उठिबास भएको अधिकांश परिवारका घर निर्माण गरेर उनीहरुलाइ सुरक्षित ठाउँमा बसाल्ने काम भए पनि यती बेला वर्खाको समय पानीले भत्किएका घर निर्माण गर्ने काममा भने समस्या भएको छ । घरमा बस्ने अवस्था नभएकाले उनीहरुलाई त्रिपालको व्यवस्था गर्दै सुरक्षित ठाउँमा बसोबास गर्नका लागि परेको त्रिवेणी नगरपालिका २ का वडा अध्यक्ष बीरबहादुर विकले बताए ।

Dhnagadhi & Krishanapur