सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ। मंगलबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो।

CP Hospital Dhangadhi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १८ सय ८५ रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur