नेपाली बजारमा आकासिएको सुनको मूल्य घट्यो ! सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। सोमबार, मंगलबार र बुधबार गरी लगातार तीन दिन नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको सुनको भाउ बिहीबार भने सामान्य घटेको हो।

CP Hospital Dhangadhi

बुधबार सुनको भाउ तोलामा दुई हजार रूपैयाँ बढेर प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ पुगेको थियो। यो मूल्य नै हालसम्मकै उच्च विन्दु हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ घटेको हो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १८ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur