
नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।

आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन पनि प्रतितोला एक सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।




आइतबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।


































