इजरायली सेनाले पनि दुई विद्यालयलाई लक्षित गरी आक्रमण, ३० जनाको मृत्यु

Image
Nisarga Hospital

गाजा शहरका दुई विद्यालयमा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको छ। इजरायली सेनाले पनि दुई विद्यालयलाई लक्षित गरी आक्रमण गरेको पुष्टि गरेको छ। ‘हमासको अल–फुरकान बटालियनले आतंकवादीलाई लुक्ने र कमाण्ड सेन्टरका रूपमा विद्यालय प्रयोग गरिरहेको थियो’, सेनाले विज्ञप्तिमा भनेको छ।

CP Hospital Dhangadhi

यो आक्रमणसँगै गाजामा जुलाई ६ यता हमला हुने विद्यालयको सङ्ख्या कम्तीमा ११ पुगेको छ। यसमा हमासद्वारा सञ्चालित क्षेत्रका अधिकारीहरूले यसअघि दिएको सङ्ख्याको आधारमा करिब १५० जना मारिएका छन् ।

Attariya Hospital

‘हसन सलामेह नरसंहार र अल–नासर विद्यालयमा भएको बम विस्फोटमा शहीद हुनेको सङ्ख्या ३० पुगेको छ, धेरै घाइते पनि भएका छन्’, नागरिक रक्षाका प्रवक्ता महमुद बासलले भने। मृतक र घाइते हुनेमा अधिकांश महिला तथा बालबालिका छन्। उनले इजरायल र हमास लडाकुहरूबीच चलिरहेको युद्धमा घरबाट विस्थापित प्यालेष्टिनीलाई विद्यालयले आवास प्रदान गरिरहेको बताए।

nawajiwan